२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


१ करोड ३८ लाख भारुको नयाँ कार खरिदपछि अमिताभ बच्चनको आलोचना


0
Shares

काठमाडौं । कोरोना भाइरसलाई पराजित गरेर घर फर्किएका बलिउड अभिनेता अमिताभ बच्चनले शुभेच्छुकबाट जति माया पाए तर हिजोआज गाली पाइरहेका छन् ।

एउटा विलासी कार खरिद गरेर फोटो सेसन गरी सामाजिक संजालमा पोष्ट गरेपछि उनको ब्यापक आलोचना भइरहेको हाे ।

उनले हालै खरिद गरेको नयाँ विलासी कार मर्सिडीज एस–क्लास विश्व महामारीका बेला अनावश्यक भएको सामाजिक संजाल प्रयोगकर्ताहरुको भनाइ छ ।

केहि हप्ता अगाडी कोरोना जितेका उनले नयाँ कार खरिद गरेर कारसहित पोज दिइरहेको तस्वीर भाइरल बनेको थियो । उक्त तस्वीरमा उनलाई गाली र आलोचनाको बर्षा नै भएको छ ।

भारतमा कोरोनाका कारण सयौं मानिसको मृत्यु भइरहेको, लाखौं संक्रमित भएको र करोडौं मानिस भोकमरीमा परिरहेका बेला कार खरिद गर्नु फजुल खर्च भएको भनेर आलोचना भएको हो ।

हालै सार्वजनिक उक्त कारको मुल्य १ करोड ३८ लाख भारु रहेको छ । यद्यपी, उक्त कार अमिताभले खरिद गरेको नभइ विज्ञापनका लागि फोटो सेसन गरेको पनि भनिएको छ ।