१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रातो मत्स्येन्द्रनाथको रथ आज तानिँदै, स्थानीय जात्रामा सहभागी हुन नपाउने


0
Shares

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ आज तानिने भएको छ ।

कोरोना भाइरसबाट जोगिने ‘डब्लुएचओ’ को सम्पूर्ण निर्देशनको पालना गर्दै सामाजिक दूरी कायम गरी आज अपराह्न रथ तान्न लागिएको हो ।

ललितपुरको पुल्चोकमा रहेको रथलाई तानेर करीब ३० मिटर पर पुर्‍याइने छ । रथ तान्नका लागि १२० जना जम्मा हुने ज्यापू समाजले जनाएको छ ।

रथ तान्नेहरूको पहिचानका लागि टिसर्ट र टोपीको समेत व्यवस्था गरिएको बताइएको छ ।

ज्यापु समाजले स्थानीयहरुलाई यो वर्ष कोरोना महामारीका कारण जात्रामा सहभागी नहुन अनुरोध गरेको छ ।

रथ तानिने क्षेत्रको केही चोकमा स्थानीयले भगवानलाई चढाउन ल्याएको फल, प्रसाद स्वयंसेवकहरुले चढाइदिने व्यवस्था रहेको ज्यापु समाजले जनाएको छ ।

यसअघिका वर्षमा रथलाई पाटन शहर पूरै घुमाइने गरेको भए पनि यो वर्ष कोरोना महामारी रहेकाले पुल्चोकको सोह्रखुट्टे पाटीबाट बढीमा ३० मिटर अगाडि पु¥याएर जात्रा बिसर्जन गरिँदैछ ।

भोलि भुज्या मनाउने तथा मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिनेछ भने साइत जुरेमा २६ गते रातो मत्स्येन्द्रनाथलाई बुङ्गमती प्रस्थान गरिनेछ ।

यसैसँगै २०७७ सालको रातो मत्स्येन्द्रनाथको जात्रा सम्पन्न गर्ने तयारी गरिएको छ ।