२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


कोरोनाका कारण विदेशमा थप ५ जना नेपालीको निधन


0
Shares

corona death in nepal

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् ।

योसँगै शनिवार साँझ सम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ ।

स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ ।

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ ।

संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो ।

हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ । यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो ।

विश्वभर ८० हजार २ सय १६ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ६० हजार १ सय १० जना कोरोना मुक्त भएका छन् ।

५६ हजार ७ सय ७७ जनाको उद्धार

कोरोना भाइरसको संक्रमण पछि भएको विश्वव्यापी लकडाउन पछि विदेशमा अलपत्र गरेका नेपालीहरुको उद्धार कार्यजारी रहेको छ ।

गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली नियोगहरुको संयुक्त पहलमा ५८ देशबाट ३ सय ५९ वटा फलाइट मार्फत हाल सम्म ५६ हजार ७ सय ७७ जना नेपालीलाई ३० देशबाट उद्धार गरिएको छ ।

यस्तै विदेशमा बिभिन्न कारणले निधन भएका २ सय ९९ जना नेपालीहरुको लास नेपाल पठाएको छ ।