
नवलपुर । विपन्न माझि मुसहर समुदायमा खाद्यान्नको संकट पर्न थालेको छ ।
लगातारको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खाद्यान्नको जोहो गर्ने यस समुदायमा काम नपाएपछि खाद्यान्न समस्या पर्ने देखिएको हो ।
उनीहरु लामो समयदेखि काम विहिन भएका छन् । योसंगै उनीहरुमा आर्थिक संकट परेको छ ।
ज्यालादारी गरेर परिवार पाल्दै आएकी देवचुली नगरपालिका वडा नम्बर २ की श्रीदेवी परियारले काम नपाउँदा छाकटार्नै समस्या परेको दुखेसो पोख्नुभयो ।
नवलपुरमा दैनिक कोरोना संक्रमित थपिन थाले पछि यहाका स्थानिय तहहरुले लकडाउनको अवधि बढाउँदा अति बिपन्न परिवार संकटमा पर्दैगएका छन् ।
प्रतिक्रिया दिनुहोस्