
डोलराज रानाभाट/ ईमेज
चितवन । चितवनमा मलको हाहाकार भएको छ । किसानले न धान रोप्दा मल पाए न त गोडमेल गर्ने समयमै ? भदौ आधा घर्कीदासमेत किसानलाई मलको चटारोले छाडेको छैन् ।
मल नपाएपछि यसपटक पनि उब्जनी कम हुने चिन्ताले किसान पिरोलिएका छन् । भरतपुर ६ गितानगरका श्रीप्रसाद रिमालमाथि युरीया मल लिन आउदा प्रहरीको लाठी बर्षियो ।
सोही ठाउँमा रहेको सर्वोदय बहुउद्देश्यीय सहकारी संस्थाले मल वितरण गरेपछि वोरा लिएर लाइन वस्नुभएका रिमालले मल हैन, प्रहरीको लाठि खाएर रित्तै फर्कीनु प¥यो ।
डेढ विघामा धान खेती गर्नुभएको रिमाल सहकारीले दोस्रो पटक मल वितरण गरेको थाहा पाएर पुग्दा पनि दिनभरी लाईनमा बसेर फेरी पनि खिन्न हुदै फर्कनु प¥यो ।
साउनमा हाल्नुपर्ने मल भदौको अन्तिम तिर पनि मल नपाउने हो की भन्दै धान उत्पादन घट्ने डरले आत्तिएका छन् ।
विहान ५ बजेदेखि लाईनमा बस्नुभएकी भरतपुर ६ गितानागरकी दया थापाले बल्ल तल्ल मल त पाउनु भयो तर, पर्याप्त भने छैन ।
वाँकी मल कहिले आउने हो भन्ने अत्तोपत्तो छैन । गोडमेल गरेर साउनको अन्तिमतिर हाल्नुपर्ने मल भदौको अन्तिमतिर पनि पर्याप्त नआउनु सरकारको कमजोरी हो ।
सोही ठाउँका किसान तिरीछेन्द्र नाथ पौडेलले समयमै मल नपाउदा धान पहेलिन थालिसकेको गुनासो गर्नुभयो ।
विचौलियाले नाफा लिन मल पाउने तर, किसानले सधैँ मलको लागि लडाई गर्दा सरकार रमिते बनेको आरोप लगाउनुभयो ।
भाडामा जमिन लिएर धान खेती गरेका किसानले कति उत्पादन हुन्छ भनेर हौसीनुको साट्टो कसरी लागत उठाउने भन्नेमै चिन्तित हुनुपरेको छ ।
साँढे ३ विघामा दुई दाजुभाइले धान खेती गर्नुभएका होमनाथ पौडेलाई ७५ किलो मल आवश्यक छ तर पाउनु भयो २५ किलो । कता हाल्ने कता नहाल्ने भन्ने रनभूलमै छन उनीहरु ।
यता सहकारीका उपाध्यक्ष खिलराज रेग्मी भने कृषि प्रधान देश नाम मात्र भएको भन्दै आफूहरुले केहि गर्न नसक्ने भन्दै लाचारी पन देखाउनुहुन्छ ।
वर्षौदेखि अभाव भइरहेको रासायनिक मल अभावलाई समाधान गर्न नसकीने भन्दै यसपटक झण्डै ६ सय किसानलाई १० किलोको दरले मल वितरण गरेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले भने जिल्लामा २७ हजार ४ सय ४५ हेक्टरमा धान खेती हुँदै आएकाले यहाँ प्रत्येक वर्ष १५ हजार मेट्रिक टन मल आवश्यक पर्ने बताउनुभयो ।
तर अहिले धानकै लागि २१ सय मेट्रिक टन यूरिया आवश्यक भएपनि साउन यता जम्मा २ सय २० मेट्रिक टन मात्रै यूरिया चितवन आएको छ ।
त्यसमा पनि किसानको पहुँच भन्दा पनि बिचौलियाकै बिगबिगि छ ।
प्रतिक्रिया दिनुहोस्