१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


दक्षिण एशियाली महिला उद्यमी परिषदद्वारा निशुल्क खाना वितरण


0
Shares

काठमाडौं । कोरोनाका कारण समस्यामा परेका नागरिकलाई दक्षिण एशियाली महिला उद्यमी परिषद, नेपाल (एससीडव्लुइसी) ले निशुल्क खाना वितरण गरेको छ ।

कोभिडका कारण आयस्रोत गुमाएर दुःखमा रहेकाहरुलाई परिषदले निःशुल्क खाना वितरण गरेको हो ।

दैनिक खाद्य वस्तुको अभावमा भोकले पिडित भएकाहरुलाई लक्षित गर्दै काठमाडौँका विभिन्न स्थानमा खाना वितरण भइरहेको परिषद्की कार्य समिति सदस्य निता पौडेलले बताउनुभयो ।

संक्रमणको जोखिमका कारण एकै ठाउँमा भेला हुन नदिएर तयारी खाना वितरण गरी भिडभाड नहुने गरी खान भनिएको छ ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लकडाउन र यसबाट सिर्जना भएको आर्थिक संकटले समस्यामा परेकाहरुलाई खाना खुवाइएको उहाँले बताउनुभयो ।

भदौ १९ गतेबाट संस्थाले खाना खुवाइरहेको छ । आइतबार काठमाडौंको हात्तिगौडामा मानव अधिकारका लागि महिलासमूहले पनि दाल चामल र नुन वितरण गरेको छ ।

कोरोनाले समस्यामा परेका नागरिहरुलाई समूहले खाद्यान्नका सामग्री वितरण गरेको हो ।