
ललितपुर । ललितपुरको भैंसेपाटीमा बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्यामा संलग्न निर्मललाई केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका निर्मलले अपराध स्वीकारीसकेको ललितपुर प्रहरीले बताएको छ ।
ललितपुर प्रहरीका अनुसार केसीको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित पर्ने सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भतिजा निर्मल र गीता विगत चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।
प्रेम सम्बन्ध स्वीकारेका निर्मल र मृतकबीच आर्थिक लेनदेनको मामला भने अहिलेसम्मको अनुसन्धानबाट नदेखिएको महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख टेक प्रसाद राइले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्