
झापा । कृषि प्रयोजनका लागि भन्सार छुटमा ल्याइएका ट्रयाक्टरहरु निर्माण क्षेत्रमा प्रयोग हुने गरेको छ ।
कृषि प्रयोजनका लागि ल्याइएका ट्रयाक्टर नियम विपरित ढुंगा, बालुवा, गिटी, हार्डवेरका सामग्री, इँटा ओसार्न प्रयोग भैरहेका छन् ।
नियमनकारी निकाय यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले प्रभावकारी नियमन नगर्दा भन्सार छुट गरेर विभिन्न सप्लायर्सले ल्याएका ट्याक्टरले निर्माण सामग्री बोक्ने गरेका हुन् ।
सरकारले कृषकका लागि खेत जोत्न, कृषिजन्य वस्तु तथा उपज ढुवानी गर्न, उत्पादित कृषिजन्य सामग्री बजारसम्म पु¥याउन अनुदानमा ट्याक्टर उप्लब्ध गराए पनि त्यसको दुरुपयोग भएको छ ।
कृषि प्रयोजनका लागि ल्याइएका ट्रयाक्टर नदी जन्य सामग्री उत्खननमा समेत प्रयोग भएपछि जिल्ला प्रहरी कार्यालय झापाले दुई महिनामा १ सय ११ वटा ट्रयाक्टर, टिपर र ट्रकलाई कारवाहिसमेत गरिसकेको छ ।
प्रहरीले दुरुपोग गरीएका ट्रयाक्टर र अन्य सवारीधनीलाई पक्राउ गर्दै कारवाही तीव्र पारेको जनाएको छ ।
५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि करमा कृषि प्रयोजनका लागि भन्दै ट्रयाक्टर भित्रने गरेको छ ।
तर, भित्रिएका ट्रयाक्टर ढुङ्गा ओसार्न समेत प्रयोग हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्