
काठमाडौं । हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवसका अवसरमा प्रदान गरिने सर्वोत्कृष्ट कर्मचारी पुरस्कार वितरण नभए पनि यसबर्ष ४० कर्मचारीलाई पुरस्कृत गरिदैछ ।
उत्कृष्ट कार्यसम्पादन गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परा अनुसार यसबर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
उत्कृष्ट कर्मचारीलाई जनही एक लाख रुपियाँ र सम्मान पत्र तथा निजामती पुरस्कार पाउनेले जनही ५० हजार नगद र सम्मान पत्र दिइँदै आइएको छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण सोमबारऔपचारिक समारोह नगर्ने पुरस्कार समितिको निर्णयसँगै पुरस्कार पछि मात्र वितरण गरिने छ ।
निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न सबै मन्त्रालय, आयोग लगायत केन्द्रीय निकायलाई आह्वान गरिएकोमा कूल १८३ जना कर्मचारीहरूको नाम सिफारिस भई आएका थिए ।
विसं २०१३ भदौ २२ गते तत्कालीन टंकप्रसाद आचार्य नेतृत्वको सरकारले नेपालमा पहिलो पटक निजामती सेवा ऐन ल्याएको थियो । यसैको स्मरणमा हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाइने गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्