१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा स्थायी कमिटि बैठक भदौ २६ मा


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ ।

साउन १३ गते स्थगित भएको बैठक भदौ २६ मा बस्ने सहमति भएको हो ।

आज बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल, केपी शर्मा ओली र महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

अध्यक्षद्वयबीच भएको विवादमा नेकपा बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

नेकपाको जारी स्थायी समिति बैठक गत असार १७ गतेपछि ७ पटक स्थगित भएर भदौ २६ का लागि डाक्ने सहमति भएको छ ।