२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


२६ किलो लागुऔषध अफिमसहित पाँच जना पक्राउ


0
Shares

काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीको नेतृत्वमा २६ किलो लागुऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयबाट गएको विशेष टोली, औषध ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमबाट खटिएको संयुक्त टोलीले शनिबार राती नलगाड नगरपालिका–९ जाजरकोट निवासी ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंहलाई १६ किलो अफिमसहित पक्राउ गरेको हो ।

बरामद लागुऔषध अफिमसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा आवश्यक कारवाहीका लागि बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

यसैगरी शनिबारै कर्णाली प्रदेश प्रहरीको विशेष टोली, औषध ब्यूरो सुर्खेत र इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको संयुक्त टोलीले नलगाड नगरपालिका–२ छेप्का जाजरकोटस्थित सडकमा हिँडिरहेको समयमा सोही वडाको चावले चौर निवासी ४२ वर्षीय मानबहादुर विष्ट र तातोपानी गाउँपालिका–५ जुम्ला निवासी हरिचन्द्र डाँगीलाई १० किलो लागु औषध अफिमसहित पक्राउ गरिएको प्रवक्ता बाँस्तोलाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार उनीहरु दुवै जनाबाट ५१ हजार नगद र दुई थान मोबाइल बरामद गरिएको तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाइएको छ ।