
मनाङ । एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा आएको छ ।
जिल्ला अस्पतालका प्रमुखलाई नै कोभिड–१९ को सङ्क्रमण भएपछि दुई सातापछि पुनः सञ्चालन भएको हो ।
अस्पताल निर्मलीकरण पछि मात्रै सञ्चालनमा आएको हो । यही भदौ ९ गते स्वास्थ्य प्रमुख नै सङ्क्रमित भएपछि अस्पताल बन्द गरिएको थियो ।
स्वास्थ्य प्रमुखलगायत ७३ जनाको नमूना स्वाब सङ्कलन गरिएकामा ७२ जनाको रिपोर्ट नेगेटिभ आएपछि अस्पताल निर्मलीकरण गरी सेवा पुनः सञ्चालन गरिएको स्वास्थ्य प्रमुख बद्री आचार्यले बताउनुभयो ।
जिल्लाको एक मात्र अस्पतालमा सर्वसाधारणलाई सेवा प्रवाहमा धेरै असर परेको उहाँले बताउनुभयो ।
अस्तपतालमा ११ जनाको दरबन्दी रहे पनि चार जना मात्र दरबन्दीका कर्मचारी रहेको जिल्ला असपतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्