१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कृषियोग्य जग्गाको कित्ताकाट खुला


0
Shares

काठमाडौं, भदौ २२ । सरकारले हाल रोक्का रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुला गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै कृषियोग्य जग्गाको खन्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरु बदर गरिएको जनाएको हो ।

हाललाई भू-उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट खुलाउन विभाग मातहतका कार्यालयलाई निर्देशन दिन मन्त्रीस्तरको निर्णय भएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

मन्त्रालयले २०७४ साउन २६ र ०७४ पुस २७ गते भएको जमिन खन्डीकरणसम्बन्धी परिपत्र खारेज गरी कृषियोग्य जमिन संरक्षण र व्यवस्थित गर्नका लागि भदौ १८ गतेको निर्णयअनुसार कित्ताकाट खुला गरिएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिनुभयो ।

मन्त्रालयले भूउपयोग नीतिसम्बन्धी नियमावली बनाइ मन्त्रिपरिषद्मा पेस गरेको छ । यो पारित हुन भने बाँकी छ ।

नियमावलीमा जग्गाको वर्गीकरण गरी सोअनुसार प्रयोग गर्ने र कृषियोग्य जमिन संरक्षण गर्ने प्रस्ताव तयार गरिएको छ ।