१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कञ्चनपुरमा एकै परिवारका चारजनामा कोरोना


0
Shares

corona

कञ्चनपुर, भदौ २२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत् कार्यालय सहयोगी परिवारका चारजना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

नगरपालिका–११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उहाँकी श्रीमती, बज्यै र ठूलीआमामा कोरोनाको संक्रमण देखिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टकाअनुसार चारजनासँगै ‘पीसीआर’ परीक्षणका लागि स्वाब लिइएकामध्ये छोरीको स्वाबको नतिजा भने नेगेटिभ आएको छ ।

कैलालीको धनगढीमा रहेको सिपी अस्पतालमा कार्यरत् कार्यालय सहयोगीका २२ वर्षीया श्रीमतीमा कोरोनाको संक्रमण देखिएको थियो ।

भेट्न जानेक्रममा परिवारका अन्य व्यक्तिलाईसमेत कोरोनाको संक्रमण भएको अनुमान गरिएको छ ।

श्रीमतीमा कोरोनाको संक्रमण भएको पाइएपछि सम्पर्कमा आएका परिवारका सदस्यको ‘कन्ट्याक्ट ट्रेसिङ’को कार्य गर्दा परिवारका तीनजनामा कोरोनाको संक्रमण भएको पाइएको हो । परिवारका अन्य सदस्यमा कोरोनाको संक्रमण भएको पाइएको छैन ।

कोरोनाको संक्रमणको आशंका भएपछि पीसीआर परीक्षणका लागि स्वाब दिएको चार दिनदेखि नै ‘क्वारेन्टिन’मा बस्दै आएको कार्यालय सहयोगीले बताउनुभयो । रासस