
पोखरा, भदौ २२ । पोखरासहित गण्डकी प्रदेशमा कोरोना संक्रमणको ‘ग्राफ’ उक्लँदो छ ।
सोमबार बिहानमात्र पोखराका ३१ सहित प्रदेशभर ६७ जनामा संक्रमण पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिकाका ३१ जना, नवलपुरका १५, गोरखाका १८ र तनहुँका तीनजनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिएका ६७ जना संक्रमित सबै ‘कन्ट्याक ट्रेसिङ’का आधारमा पत्ता लागेका हुन् ।
पोखरा फुड्स प्रालिमा कार्यरत् १७ महिला र आठजना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यहाँका कामदारमा यसअघि पनि कोरोना देखिएको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ५९८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्