
बागलुङ, भदौ २२ । बागलुङको ढोरपाटन नगरपालिकामा बाढीबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
सोमबार करिब ३४ वर्षीय पुरुषको शव बढीगाडखोलामा फेलापरेको हो ।
बाढीमा परेर अझै २१ बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मृतकमध्ये दुईजनाको अझै सनाखत हुनसकेको छैन ।
यही भदौ १७ गते भुजीखोलामा आएको बाढीले करिब १५० घरमा क्षति पुर्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्