
काठमाडौं, भदौ २२ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थतन्त्रलाई चलायमान बनाउन निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
उहाँले यससम्बन्धमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरुले कुरा गरेको र सकारात्मक जवाफ पाएको पनि बताउनुभयो ।
जसले व्यापार गर्नु पर्दैन, तलब खुवाउनु पर्दैन र जसको स्वतः तलब आइरहन्छ, उनीहरुलेमात्रै ‘लकडाउन’ गर्नुपर्छ भनिरहेका छन् भन्ने विषयमा प्रधानमन्त्री ओली पनि सहमत भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सरकारले गत जेठ महिनासम्मको स्थितिलाई हेरेर बजेटमार्फत् ५० अर्बको ‘स्टिमुलस प्याकेज’ ल्याएकोमा अहिले लकडाउन लम्बिँदै जाँदा त्यसले नपुग्ने भएकाले दुई खर्बको प्याकेज ल्याउन सुझाव दिएको पनि श्रेष्ठले बताउनुभयो ।
व्यवसायीहरु आफ्नो व्यवसायलाई निरन्तरता दिन पाए जस्तोसुकै परिस्थितिमा पनि सरकारलाई राजस्व र भ्याट तिर्न तत्पर रहेको श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्