१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पार्टी सभापतिले भोटको व्यापार गरिरहेको शशांकको आरोप


0
Shares

shashank koirala

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवाले भोटको व्यापार गरिरहेको आरोप लगाउनुभएको छ ।

छ महिनाभित्र गठन गर्नुपर्ने विभाग विधानविपरीत महाधिवेशनको सम्मुखमा गर्नु सभापति देउवाको भोटको राजनीति भएको कोइरालाको आरोप छ ।

सभापति देउवा १४औं महाधिवेशन प्रभावित गर्न लागिपरेको भन्दै महामन्त्री कोइरालाले पार्टीभित्र देउवाको व्यक्तिवाद हावी भइरहेको जिकिर गर्नुभयो ।

यता, सभापति देउवाको कदमविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले चरणबद्ध आन्दोलनको तयारी गरिरहेको छ ।

समूहले सभापति देउवालाई दबाब दिन मौखिक र लिखितरुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि सत्याग्रह गर्नेसम्मको तयारी गरेको छ ।

तर, देउवा खेमाले भने इतर समूहले सभापतिलाई कमजोर बनाउन प्रयास गरिरहेको दाबी गरेको छ ।

केन्द्रीय सदय मीन विश्वकर्मा सहमतिबाट भागेर इतर समूहले विरोध गर्नुको तुक नभएको बताउनुहुन्छ ।

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र नेताहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।