२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बैतडीमा स्वास्थ्यकर्मी माथि कुटपिट


0
Shares

बैतडी । बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ ।

स्वाब संकलन गर्न खटाईएका सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भुपेन्द्र बोहरामाथि कुटपिट भएको हो ।

सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले कुटपिट गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिनुभयो ।

स्थानीयको अवरोध पछि त्यस क्षेत्रमा स्वाव संकलन पनि रोकिएको छ ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले कुटपिटमा संलग्न बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

बैतडीमा अहिले सम्म ३ सय ७५ जनामा कोरोना पुष्टि भएको छ ।