
काठमाडौं । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ ।
बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन् ।
कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय अनिश्चितकालीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उद्योग कार्यालय प्रमुख केशवप्रसाद पुडासैनीले बताउनुभयो ।
उहाँले ती कर्मचारीसँग सम्पर्कमा रहेका सबैलाई सतर्क रही कोरोना परीक्षण गराउन अपिल गर्नुभएको छ ।
यस्तै कर्मचारीमा सङ्क्रमण देखिएपछि सदरमुकाम धुलिखेलस्थित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वन एकाइ (भवन), राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखा र धुलिखेलस्थित काभ्रेभञ्ज्याङ स्वास्थ्य चौकी अनिश्चितकालका लागि बन्द गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्