१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मिडफिल्डर जेम्स रोड्रिग्वेज एभर्टनमा अनुबन्धित


0
Shares

काठमाडौं । प्रिमियर लिग क्लब एभर्टनले कोलम्बियन मिडफिल्डर जेम्स रोड्रिग्वेजलाई रियल मड्रिडले अनुबन्धन गरेको छ ।

एभर्टनले कोलम्बियन मिडफिल्डरलाई स्पेनिस क्लबबाट २० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । २९ बर्षिय मिडफिल्डरले एभर्टनसंग दुई बर्षको सम्झौता गरेका छन् ।

उनले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा गोल्डेन बुट जितेपछि फ्रेन्च क्लब मोनाकोबाट रियल मड्रिडमा आबद्ध भएका थिए ।

उनी तेस्रो पटक एभर्टनका प्रशिक्षक कार्लाे एन्सेलोटीको नेतृत्वमा खेल्न लागेका हुन् ।

यसअघि उनले रियल मड्रिड र बायर्न म्युनिखबाट एन्सेलोटीको नेतृत्वमा खेलेका थिए ।

एन्सेलोटी गत डिसेम्बरमा एभर्टनको प्रशिक्षकका रुपमा आएका हुन् । रोड्रिग्वेजलाई अनुबन्ध गराउन उनैले सहमती गराएका थिए ।

इटालीयन प्रशिक्षकसंग पुन एक पटक काम गर्न रोड्रिग्वेज समेत आकर्षित देखिएका हुन् ।