२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देउवा-पौडेल समूहको जुहारीमा सिटौला समूह रमिते, विभाग गठनमा केही भाग पाउँदा दंग


0
Shares

politics

काठमाडौं, भदौ २३ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीचको जुहारीले नेपाली कांग्रेस थला पर्दा पार्टीभित्र आफूलाई वैकल्किप शक्ति भन्न रुचाउने कृष्णप्रसाद सिटौला समूह भने यतिबेला रमिते बनेको छ ।

विभाग गठनमा केही भाग पाएपछि सिटौला समूह भने मौनजस्तै बनेको छ ।

१३औं महाधिवेशनमा सभापति देउवालाई सहयोग गरेपछि पौडेल–सिटौला समूहबीच सहकार्य लगभग ठप्प छ ।

विभाग गठन, क्रियाशील सदस्यता वितरणमा अपारदर्शिता हुँदा, भ्रातृसंस्थाको म्याद थप्दा पनि सिटौला समूह मौन देखिन्छ ।

मनोनीत केन्द्रीय सदस्यदेखि विभागको नेतृत्व तथा विभागहरुमा भाग पाएपछि सिटौला समूहले मौनता साँधेको बुझ्न कठिन छैन ।

समूहगत लडाइँलाई महाधिवेशनमा नेतृत्व हत्याउने ‘स्टन्ट’को रुपमा बुझेको सिटौला समूहले त्यसैअनुरुप आफ्नो चाल चालिरहेको देखिन्छ ।

विधानले छ महिनाभित्र भनेपनि महाधिवेशनको सम्मुखमा सभापति देउवाले विभाग गठन गर्दा आपत्ति जनाउनुपर्ने कुनै आधार नभएको सिटौला समूहको बुझाइ छ ।

समूहका नेता भीमसेनदास प्रधान विभाग गठन गर्न नपाउने हो भने निर्वाचन समिति बोल्नुपर्ने तर्क गर्नुहुन्छ ।

पौडेल समूह भने सिटौला समूहको साथ खोजिरहेको छ ।

गत शनिबार सम्पन्न ‘भर्चुअल’ छलफलमा सिटौला समूहका प्रभावशाली नेताहरुको सक्रिय उपस्थिति भएसँगै पौडेल–सिटौला समूह एक ठाउँमा उभिन खोजेजस्तोचाहिँ देखिन्छ ।

देउवाको पछिल्ला केही निर्णयहरुले महाधिवेशन प्रभावित हुने भय सिटौला समूहका दोस्रो तहका नेताहरुमा छ ।

देउवाको स्वेच्छारिता अन्त्य गर्नुपर्ने भन्दै समूहका नेताहरु गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीहरु अग्रसर हुन थालेका छन् । उनीहरुले इतरका दुई समूहलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेका छन् ।

कांग्रेसभित्रको झगडा विधि–विधानकोभन्दा पनि भागबन्डाको राजनीतिको हो । विभागभित्र आफ्ना पक्षका कार्यकर्ता अटाउने, क्रियाशील सदस्यहरु आफूनिकट थप्न सके महाधिवेशन आफ्नो पकडमा पार्न सकिने संस्थापन र इतर दुवै समूहको दाउ हो ।

मिलिभगतमा केही आफ्ना कार्यकतालाई विभागहरुमा अटाउन सके महाधिवेशनका लागि ‘बार्गेनिङ पोइन्ट’ बन्नसक्ने बुझाइ सिटौला समूहमा देखिन्छ ।

भिडियो हेर्नुहोस्