
काठमाडौं । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको जीवयापन निकै लोभलाग्दो छ ।
फुर्सदमा घुमघाम गर्ने, परिवार र साथीभाइसँग रमाउने उनको सौख हो । साथै उनी विलाशी जीवन विताउन खुबै आनन्द मान्छन् । केही साता अघि उनले विश्वकै महंगो कार खरिद गरेका छन् ।
बुगाटी ला भोइटर नोइर कार ८.५ मिलियन युरो अर्थात करिव १ अर्ब २० करोड रुपैयाँमा खरिद गरेका हुन् ।
उक्त कारको साथमा खिचेको तस्वीर निकै भाइरल बनेको थियो । उक्त कार विश्वभर १० युनिट मात्र उत्पादन हुने छन् ।
उक्त कार प्रतिघण्टा ३ सय ८० किलोमिटरसम्म गुड्न सक्छ । साथै २ दशमलब ४ सेकेन्डमा ६० किलोमिटर पुग्छ ।

यद्यपी, उनीकहाँ कार आइपुगेको छैन । २०२१ सम्म कार रोनाल्डोको हात पर्ने बताइएको छ ।
साथै यो कार रोनाल्डोको हात पुग्ने बेलासम्म जम्मा ३० मिलियन अर्थात ४ अर्ब २२ करोड रुपैयाँसम्म पर्नसक्ने बताइन्छ ।
यसअघि रोनाल्डोसँग बुगाटी भेरोन ग्रान्ड स्पोर्ट भिटेस, फेरारी ५९९ जीटीओ, ल्याम्बोर्गिनी एभेन्टाडोर र म्याकलरेन एमपी४ १२सी छ ।
प्रतिक्रिया दिनुहोस्