१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


परीक्षणमा सहभागी एकजना बिरामी भएपछि अक्सफोर्डले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल


0
Shares

काठमाडौं । अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायलमा सहभागी एकजना बिरामी हुँदा भ्याक्सिनको ट्रायल रोकेको छ ।

कोभिड नियन्त्रणका लागि भ्याक्सिनको मानव परीक्षणका क्रममा एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड र एस्ट्राजेनेका युनिभर्सिटीले भ्याक्सिनको ट्रायल रोकेका हुन् ।

परीक्षणमा समावेश एक व्यक्ति विरामी भएको र उसको रोगबारे पूर्ण जानकारी प्राप्त नभैसकेकाले तत्काल का लागि परीक्षण रोकिएको जनाइएको छ ।

यो रुटिन स्थगन नै भएको युनिभर्सिटीले जनाएको छ । अहिले संसारभरी करिब एब दर्जन बढी स्थानमा कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको छ ।

यसमध्ये तेश्रो चरणमा रहेको अक्सफोर्डको परीक्षण सबैभन्दा अघि रहेको विश्वास गरिएको छ ।

भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा करिब ३० हजार मानिस सहभागी भएको बताइन्छ ।

ठूला परीक्षणमा यस्तो समस्या आउने सम्भावना भैरहने विज्ञहरु बताउँछन् ।

ट्रायलका बिरामीको रोगको कारण पत्ता नलागुन्जेल ट्रायल रोक्ने प्रावधान नै भएको युनिभर्सिटीले स्पष्ट पारेको छ । (एजेन्सी)