५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


क्लासिक टेकको सेवा विस्तार


0
Shares

काठमाडौं, भदौ २४ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पश्चिमको बझाङ, बाजुरादेखि पूर्वमा ताप्लेजुङसम्म आफ्नो इन्ट्रानेट सेवा विस्तार गरेर सेवा उपलब्ध गरेको जनाएको छ ।

कम्पनीले पछिल्लो दिनमा सेवा विस्तारलाई तीव्रता दिँदै विषम परिस्थितिमा इन्टरनेट सेवाका साथै इन्ट्रानेट सेवा पनि उपलब्ध गराइरहेको पनि जनाएको छ ।

देशका दुर्गम भेगहरुमा टेलिमेडिसिन सेवा प्रयोग गरेर डाक्टरहरुले बिरामीहरुको उपचार गर्नसक्ने भएकोले कम्पनीले टेलिमेडिसिन सेवा पनि उपलब्ध गराइरहेको छ ।

क्लासिक टेकले ग्रामीण भेगका कतिपय विद्युतसमेत उपलब्ध नभएका स्थानमा पनि सोलार प्रणालीमार्फत् इन्ट्रानेट सेवा उपलब्ध गराएको जनाएको छ ।