
हेटौंडा, भदौ २४ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि वाग्मती प्रदेशले प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सहयोग कोषबाट सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
सम्बन्धित निकायबाट माग भएपछि अनुगमन गरी रकम उपलब्ध गराइने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयले अनुगमन गरी सिफारिस गरेका स्थानीय तह, अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई रकम उपलब्ध गराउन लागिएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्