
तस्वीरः stock.adobe.com
सर्लाही, भदौ २४ । सर्लाहीमा खोलाले बगाएर बुधबार एकजनाको मृत्यु भएको छ ।
सर्लाहीको बरहथवास्थित लखन्देही खोलाले बगाएर कविलासी नगरपालिका–४, हेमपुरका ७० वर्षीय सियाराम रायको मृत्यु भएको हो ।
बरहथवा श्रीपुरस्थित खोला तर्नेक्रममा उनलाई खोलाले बगाएको बताइएको छ ।
रायको शव करिब ५०० मिटर तल किनारमा फेलापरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्