९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘क्लीन फिड’ विधेयक संसदबाट पारित भए सशक्त आन्दोलनमा उत्रने चेतावनी


0
Shares

काठमाडौं, असार १० । टेलिभिजन सेवा प्रदायक संघ–संस्थाहरुले सरकारले ‘क्लीन फिड’ लागू गरेमा सन्चारमाध्यमहरु धराशायी हुनसक्ने चेतावनी दिएका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले त्यसो भएमा अर्बौंको लगानीसमेत डुब्ने बताए ।

कार्यक्रममा नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुदीप पराजुलीले सरकार घरघरमा सन्देशमूलक टेलिभिजनको ‘सिग्लन’ पुर्‍याउने दायित्वबाट पन्छिन थालेको आरोप लगाए ।

उनले क्लीन फिड विधेयक संसदबाट पारित भएमा सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

यस्तै, डिजिटल टेलिभिजन समन्वय समितिका अध्यक्ष दिनेश सुवेदीले क्लीन फिडसम्बन्धी विधेयकबारे सन्चार तथा सूचना प्रविधि मन्त्रालयसँग वार्ता गर्न खोज्दा मन्त्रालयले वार्ता गर्न नमानेको बताए ।

सन्चार मन्त्रालयको तथ्यांकले नेपालमा १०० विदेशी च्यानलहरुले प्रसारण गर्ने अनुमति लिएका छन् । तीमध्ये अधिकांशमा विदेशी विज्ञापन बज्ने गर्दछ ।

अर्कोतर्फ विज्ञापन व्यवसायीहरुले भने विज्ञापनसहितका विदेशी च्यानलहरु प्रसारण हुँदा स्वदेशी विज्ञापन व्यवसायलाई असर परेको तर्क गर्ने गरेका छन् ।