
प्रतीकात्मक । स्केच स्रोतः thecompanion.in
पाँचथर, भदौ २४ । आफैंले पढाउने विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पाँचथर सदरमुकाम फिदिमबाट एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फिदिममास्थित नीलकण्ठ बोर्डिङ स्कुलका प्रधानाध्यापक कुलराज सुब्बा रहेका छन् ।
सोही विद्यालयमा कक्षा-७ मा अध्ययनरत् १४ वर्षीया एक छात्रालाई सुब्बाले पटक-पटक जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।
करणीको जाहेरी परेपछि सुब्बालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोमनराज अर्यालले बताउनुभयो ।
छात्राका बुवाले बुधबार जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएपछि प्रहरीले सुब्बालाई पक्रेको हो ।
विद्यालय बन्द भएपनि ट्यूसन पढ्न भनेर ती छात्रा विद्यालयकै होस्टलमा बस्दै आएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्