१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्यानले खेलाडीको खातामा एक बर्षको तलव पठायो


0
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले सन् २०१९ को एक बर्षको खेलाडीको तलव बुधबार पठाएको छ ।

सोमबार नै तलव खेलाडीको खातामा पठाउने भनिएकोमा हिजो सबै खेलाडीको खातामा गएको हो ।

आइसीसीले सन् २०१९ को तलव केहि दिन अगाडी क्यानको खातामा खेलाडी र कर्मचारीको तलव पठाएको थियो ।

जसमा खेलाडी सबैको खाता नम्वर आउन र केवाईसी भर्नका लागि केहि समय लागेकाले हिजोमात्र क्यानले बैंकमा रकम पठाएको हो ।

जसमा २२ खेलाडी र एक जना टेक्निकल एनालिष्ट रहेका छन । आइसीसीले तीन श्रेणीमा गरेर खेलाडीको तलव पठाएको थियो ।

त्यसमा क्यानले गरेको १० हजार रुपैयाँ बढाउने आग्रह अनुसार नै रकम पठाएको थियो ।

ए श्रेणीमा रहेका खेलाडीले ४५ हजार, बी श्रेणीमा रहेकाले ३५ हजार र सी श्रेणीमा रहेका खेलाडीले २५ हजार रुपैयाँ पाएका छन ।

यस्तै टेक्निकल एनालिष्टको पनि सी श्रेणीले पाउने रकम बराबर पाएका छन । क्यानले खेलाडीको तलब पठाएपनि कर्मचारीको तलव भने अझै केहि समय लगाउने भएको छ ।

क्यानमा आठ जना कर्मचारीले पछिल्लो चार बर्षदेखि तलव पाएका छैनन् । त्यसमा तीन जना स्थाई कर्मचारी छन भने पाँच जना करारमा रहेका छन ।