१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ढोरपाटनमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २१ पुग्यो, १७ जना अझै बेपत्ता


0
Shares

काठमाडौं । यही भदौ १७ गते राति बाग्लुङको ढोरपाटनमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

बाढीमा अझै १७ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बेपत्ता खोज्ने क्रममा हिजो एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका–६ स्थित बडिगाड खोलामा फेला परेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

यस्तै मंगलबार दुई महिलाको बडिगाड खोलामा शव फेला परेको थियो ।

बडिगाड गाउँपालिका ६ र ७ नम्बर वडाको बडिगाड खोला किनारामा २५ वर्षीया कुमारी विक र २५ वर्षीया चनी विकको शव फेला परेको थियो ।

फेला परेका दुई शवको पहिचान भने हुन सकेको छैन । शव बुर्तिवाङस्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।