
डोटी । युवती बलात्कारका आरोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक आज पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका आरोपमा पक्राउ पर्नेमा टेकबहादुर ओली छन् ।
बिरामी युवतीलाई झारफुक गर्ने भनी आफ्नै गाउँकी युवतीलाई एक्लो अवस्थामा भेटेर बलात्कार गरेको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।
अभियुक्त ओलीले आफूले झरफुक गर्ने र सन्तान नहुनेको हुन सक्ने भनी निज युवतीलाई यही भदौ ३ गते बलात्कार गरेको प्रहरी कार्यालयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो ।
घटनाका पीडित र अभियुक्त युवकलाई जिल्ला कार्यालयमा ल्याइएको छ ।रासस
प्रतिक्रिया दिनुहोस्