
-प्रकाश नेपाल/ईमेज
इलाम । सधै गुल्जार हुने इलामस्थित नेपाल भारत सिमानामा पर्ने पशुपतिनगर हिजोआज सुनसान देखिन्छ ।
लामो लकडाउनका कारण बजार खुल्न नसक्दा पशुपति बजारको रौनक बिस्तार घट्दै गएको देखिन्छ ।
६ महिना अघिसम्म नेपाल–भारत सिमानामा पर्ने सूर्योदय नगरपालिकाको पशुपतिनगर बजारको रौनक बिछट्टकै थियो ।
भारतीय पर्यटकहरुको आहोरदोहोर निकै बाक्लो देख्न सकिन्थ्यो । तर, अहिले पर्यटकको चहलपहल नहुँदा पशुपतिनगरको रौनक धूमिल हुँदै गएको छ ।
धेरै जसो पसलका सटरहरुमा चाबी लाएको देख्न सकिन्छ भने खुलेका पसलहरुमा पनि ग्राहक नहुँदा सन्नाटा छाएको छ ।
कोरोनाका कारण सीमा नाका ठप्प हुँदा मानिसहरुको ओहोर दोहोर पनि ठप्प भएको छ ।
कोरोनासंगै गरीएको लामो लकडाउनका कारण व्यवसाय ठप्प हुँदा ६ महिना देखि व्यापारीहरुलाई घरभाडा तिर्न नै धो धौ परी रहेको छ ।
कतिपय व्यपारीहरु व्यवसाय बन्द गरेर घर फर्किसकेका छन् भने कतिपय व्यवसायीहरु पुरानै अवस्थामा फर्कने आशमा घर रुङेर दिन कटाइरहेका छन् ।
भारतीय व्यापारीहरुको किनमेल गर्ने नजिक र सस्तो बजार पशुपतिनगरको अहिले बिचल्ली भएको छ ।
पशुपतिनगर चीनबाट आउने धेरै जसो लत्ताकपडा, फेन्सी, जुत्ता लगायतक सामाग्रीहरु खरिद गर्नेहरुको मुख्यबजार समेत थियो ।
तर, अहिले आएर यो बजार सुक्दैजाँदा यसको रौनकता पनि आफंै हराउँदै गएको छ ।
अर्कातर्फ कोरोनाले गाँजेपछि आक्रान्त बनेको यस बजारलाई पुरानै अवस्थामा फर्काउन र व्यापारी पलायन रोक्नकोलागि पनि पहल भई रहेका छन् ।
सरकारले लगाएको झण्डै १ सय २० दिनको लकडाउनपछि अहिले इलामका बजारहरु फाट्फुटट् खुल्न थाले पनि पशुपतीनगर बजार भने अझै खुल्ने छाटँकाट छैन् ।
कोरोनाका कारण सिमाका बजारहरु सञ्चालनमा आउन नसक्दा एकतर्फ व्यवसायीहरु पलायन भइरहेका छन् भने अर्कोतर्फ सरकारले संकलन गर्ने राजश्व समेत कमी आएको छ ।
कोरोना विरुद्धको युद्धसंगै जनजीवन सामान्य नगर्ने हो भने मुलुकको व्यापार व्यवसाय अझै दशकौ पछाडी धकेलिने पक्का छ ।
प्रतिक्रिया दिनुहोस्