
फाइल तस्वीर
बैतडी, भदौ २५ । किशोरी बलात्कार आरोपमा बैतडी प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ ।
किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा सिगास गाउँपालिकाका दानबहादुर बोहरा र धनबहादुर बोहरालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई बिहीबार अदालतबाट म्याद थपेर अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।
यसअघि, सोही घटनामा संलग्न रहेको आरोपमा शिक्षक खड्ग बोहरा, गाउँपालिकामा कार्यरत् केशव बोहरा र स्थानीय रामसिंह बोहरालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्