१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरामा खानेपानीका कर्मचारी घुस रकमसहित समातिए


0
Shares

पोखरा, भदौ २५ । नेपाल खानेपानी संस्थान पोखराका एक कर्मचारी बिहीबार घुस रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संस्थानअन्तर्गत् विन्ध्यवासिनी इकाइ कार्यालयका महसुल शाखा प्रमुख कृष्णहरि वाग्ले छन् ।

ग्राहकको मिटरमा अस्वाभाविक ढंगले महसुल रकम चढेको पाइएपछि आफूले मिलाइदिने भन्दै उनले ग्राहकसँग २५ हजार रुपैयाँ मागेका थिए ।

घुस रकमसहित पोखरा बगरको एक रेस्टुरेन्टबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले उनलाई रंगेहात पक्राउ गरेको जनाइएको छ ।