
कैलाली, भदौ २५ । धनगढीमा कार्यरत् ३७ जना नेपाल प्रहरीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले जानकारी दिनुभयो ।
उहाँकाअनुसार सबै संक्रमित सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत् छन् । उनीहरुको दर्जा भने खुलाइएको छैन ।
यसअघि, बुधबार सोही गणमा कार्यरत् चारजना प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या ८३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्