
बर्दिया, भदौ २५ । बर्दियामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा बेवारिसे काठको गोलिया बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) राजापुरबाट खटिएको टोलीले राजापुर नगरपालिका–१, मुर्गहवाघाटमा बालुवा र झाडीमा लुकाइराखेको अवस्थामा १३३.७५ क्यूफिट सिसौ र खयरको गोलिया बरामद गरेको हो ।
बरामद गरेको गोलिया इलाका वन कार्यलय राजापुरलाई बुझाइएको सशस्त्र प्रहरी बल बीओपीका प्रहरी निरीक्षक खेमराज बोगटीले जानकारी दिनुभयो ।
बरामद गरेको काठ ९७ हजार ६०६ रुपैयाँ बराबरको रहेको इलाका वन कार्यालय राजापुरका प्रमुख ध्रुव चौधरीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्