१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन


0
Shares

काठमाडौं, भदौ २५ । सरकारले आत्महत्या रोक्नका लागि बिहीबारदेखि दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन सुरु गरेको छ ।

आत्महत्या रोकथाम दिवसका अवसरमा मानसिक अस्पताल लगनखेल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा हेल्पलाइन सुरु गरिएको इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फणिन्द्रप्रसाद बरालले जानकारी दिनुभयो ।

लगनखेलस्थित मानसिक अस्पतालमा ११६६ नम्बर र त्रिवि शिक्षण अस्पतालमा १६६०–०१–२१६०० नम्बरको फोनमा निःशुल्क हेल्पलाइनको व्यवस्था गरिएको छ ।

उहाँले दुवै नम्बरमा कुनैपनि व्यक्तिले फोन गरे मनोचिकित्सकबाट परामर्श पाउने बताउनुभयो ।

मानसिक अस्पतालमा बिहान ८ः०० देखि साँझ ८ः०० बजेसम्म र त्रिवि शिक्षण अस्पतालमा २४ घन्टा नै मनोचिकित्सकले परामर्श दिनेछन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक वर्ष आठ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । यस हिसाबले हरेक ४० सेकेन्डमा एकजनाको आत्महत्याबाट मृत्यु हने गरेको छ ।

विश्वव्यापी आत्महत्याका घटनामध्ये ७९५ घटना नेपालजस्ता निम्न तथा मध्यम आय भएका देशमा हुने गर्दछन् ।

नेपालमा भने हरेक दिन १७ जनाले आत्महत्या गर्ने गरेका छन् । नेपाल विश्वमा आत्महत्याबाट मृत्यु हुने देशमध्ये सातौं स्थानमा छ ।

नेपालमा केही स्वास्थ्यसम्बन्धी काम गर्ने संघ-संस्थाले केही वर्षदेखि नै निःशुल्क हेल्पलाइन सुरु गरेका छन् ।

अध्ययनले यस सेवाको प्रयोगपश्चात् १० मा एकजनाले आत्महत्याको कार्य गर्नबाटपछि हटेको पाइएको छ ।