१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फ्रेन्च लिग वानमा पिएसजीको खराब सुरुवात


0
Shares

काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पराजयसँगै नयाँ लिगको सुरुवात गरेको छ ।

लिग अन्तर्गत गएराति भएको आफ्नो पहिलो खेलमा पिएसजी लेन्ससँग १–० ले पराजित भएको हो ।

पहिलो हाफमा खेललाई आफ्नो नियन्त्रणमा राखेको पिएसजीले दोस्रो हाफको सुरुतिरै खाएको गोल हारको कारण बन्यो ।

लेन्सका लागि ५७ औँ मिनेटमा गानागोले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

लिग वानमा यहि सिजन बढुवा भएर आएको लेन्सले च्याम्पियन पिएसजीमाथि जित निकालेको हो ।

च्याम्पियन्स लिगको फाइनलिस्ट पिएसजीका स्टार खेलाडी केलियन एमबाप्पेसहित सात खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि खेल अन्यौलमा परेको थियो ।

तर पनि उहि समयमा खेल भयो । पिएसजी पराजित भयो । पिएसजीको टिममा नेइमार, मार्क्वीन्होस, एन्जल डी मारिया र माउरो आइकार्डी सहितका खेलाडी थिएनन् ।

पिएसजीले लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा आउँदो आइतबार मार्सेइलीसँग प्रतिस्पर्धा गर्ने छ ।