१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रहरी हिरासतमा युवकले गरे ‘आत्महत्या’


0
Shares

कैलाली, भदौ २६ । जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेका एकजना थुनुवाले प्रहरी हिरासतमा ‘आत्महत्या’ गरेका छन् ।

यही भदौ २२ गते चोरीको मुद्दामा धनगढी उपमहानगरपालिका–१ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकले शुक्रबार बिहान आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनले थुनुवाकक्षको शौचालयमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

उहाँले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।