१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नगरपालिकाले घर बनाइदिने


0
Shares

स्याङ्जा, भदौ २६ । गल्याङ नगरपालिकाले खरको छाना र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवाको घर निर्माण गरिदिने भएको छ ।

नगरपालिकाले वडा नम्बर १० को पकवादीस्थित बराल गाउँका आर्थिक अवस्था कमजोर भएका चार घर-परिवारको लागि घर निर्माण गरिदिने भएपछि स्थानीय बासिन्दा खुसी भएका हुन् ।

स्थानीय युवा क्लबको सक्रियता र वडा कार्यालयको समन्वयमा घर निर्माण कार्यको सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

घर निर्माण कार्यको शुभारम्भ गर्दै नगरप्रमुख भूपराज अधिकारीले भन्नुभयो-‘घर भत्किएर विस्थापित भएका र आर्थिक अवस्था कमजोर भएका परिवारको घर निर्माणमा नगरपालिकाले सहयोग गर्छ ।’

साउन ११ गतेको अविरल वर्षाका कारण घर भत्किएर उनीहरु छिमेकीको घरमा बस्दै आएका थिए ।

घर निर्माणको लागि आवश्यक पर्ने निर्माण सामग्री नगरपालिकाले उपलब्ध गराउने तथा युवा क्लब र स्थानीय बासिन्दाले श्रमदान गरेर घर निर्माण गर्नेगरी काम सुरु गरिएको वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पङ्गेनीले जानकारी दिनुभयो ।