२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


इजरायल र बहराइनबीच वर्षौंपछि शान्ति सम्झौता


0
Shares

काठमाडौं । इजरायल र बहराइनबीच वर्षौँपछि शान्ति सम्झौता भएको छ ।

यी दुई देशले एक आपसको सम्बन्ध सुधारका लागि ऐतिहासिक सहमतिस्वरुप शान्ति सम्झौता गरेका हुन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दुई देशबीच भएको सम्झौताले इजरायलको खाडी मुलुकसँगको सम्बन्ध अझ प्रगाढ बन्ने बिश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले दुई देशबीच शान्तिको युग प्रारम्भ भएको बताउँदँै आगामी दिनमा अन्य मुलुकसँग पनि यस्तै कदम चालिने जनाउनुभएको छ ।

अरब राष्ट्रहरुले इजरायलमा जारी पप्यालेष्टाइन विवादका कारण इजरायलसँग सम्बन्ध बिस्तारमा आनाकानी गरिरहेको बेला इजरायलले विवाद समाधान गर्ने बचन दिएपछि बहराइनले शान्ति सम्झौता गरेको हो ।

यसअघि गत महिना संयुक्त अरब इमिरेट्स (युएइ) ले शान्ति सम्झौता गरेको थियो । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत यी दुई देशबीच ऐतिहासिक सहमति भएको जानकारी दिनुका साथै पछिल्लो एक महिनामा इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोश्रो मुलुक बनेको बताउनुभयो ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र प्यालेष्टाइन जारी संघर्ष अन्त्यका लागि गत जनवरीमा मध्यपूर्वको शान्ति योजना पेश गर्न सहयोग गर्नुभएको थियो ।

इजरायल र बहराइनबीच भएको सम्झौता एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको जनाउँदै युएइले स्थिरता र समृद्धिको ढोका खुलेको जनाएको छ । (एजेन्सी)