१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इङ्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी


0
Shares

काठमाडौं । इङ्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेट अष्ट्रेलियाले जितेको छ ।

म्यान्चेष्टरमा भएको खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी बनेको हो ।

तीन म्याचको एक दिवसीय सिरिजमा अष्ट्रेलिया १–० ले अघि बढेको छ ।

२ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाउन सक्यो ।

साम विलिङ्सले शतकीय पाली खेल्दै १ सय १८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

जानी बेयरस्टोले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाएका थिए ।

अन्यको खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन । अष्ट्रेलियाका जोस हेडलहुडले सर्वाधिक ३ विकेट लिए ।

यसअघि, म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनायो ।

तीन खेलको सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय भोली हुनेछ भने अन्तिम खेल बुधबार हुनेछ ।