१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विओपी भवन उदघाटन गर्दै डीआईजी प्रधानले भने: ‘संगठनको गरिमा जोगाउनुहोस’


0
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं.५ विन्ध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) किशोर प्रधानले आफ्नो संगठनको गरिमामाथि आँच आउने खालका कुनै पनि गतिविधिमा नलाग्न निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्य क्षेत्रमा खटिँदा उच्च अनुशासन, उच्च लगाव राख्दै मानव अधिकारको संरक्षण, भ्रष्टाचारमा शुन्य सहनशिलताको सिद्धान्तलाई अपनाउन र लैँगिक हिंसा जस्ता कार्यमा नहुन निर्देशन दिनुभएको हो ।

डीआईजी प्रधानले जिल्लाको विजयनगर गाउँपालिका ५, डालपुरमा निर्मित भवनको उद्घाटनपछि कृष्णनगर नगरपालिका ६, भिल्मीमा स्थापना भएको सशस्त्र प्रहरी बल विओपीको नवनिर्मित भवन उद्घाटन गर्नुभएको थियो ।

भवन उद्घाटन गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रधानले अन्तर्राष्ट्रिय सीमा नाकाको सुरक्षा, अबैध निकासी पैठारी, हातहतियार, लागूऔषध, मानव तस्करी नियन्त्रण तथा शान्ति सुरक्षा, अमन चयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन जिल्लामा बिओपीको स्थापना गरिएको बताउनुभयो ।

सशस्त्र प्रहरी बल, नेपाल विओपी. भिल्मीको नवनिर्मित भवन उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि महाराजगञ्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खाँले नागरिकको जीउधन रक्षा र सीमा सुरक्षामा सशस्त्रले ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।

त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल बिओपी बिजयनगरको नवनिर्मित भवन उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि बिजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विकट क्षेत्रमा विओपीको स्थापना भएमा खुशी व्यक्त गर्दै मानव बेचविचन रोक्न, अबैध धन्दा र सामाजिक विकृति न्युनीकरणमा सशस्त्रको अहम भुमिका रहेको बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्कीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

समग्र जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न र अबैध कार्य रोक्नका साथै सीमा सुरक्षामा सशस्त्रले अहम भूमिका खेल्दै आएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले दाबी गर्नुभयो ।

डालपुरको भवन १करोड ९६ लाख बढीको आर्थिक लागतमा निर्माण कार्य सम्पन्न भएको र विओपीभिल्मीको भवनमा ७५ लाख ९० हजार ४ सय २३ रुपैयाँको लागतमा सम्पन्न भएको जानकारी दिनुभयो ।