२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


मकवानपुरमा थप ९५ र पूर्वी नवलपरासीमा ३४ जनामा कोरोना सक्रमण


0
Shares

काठमाडौं(जिल्ला ब्यूरो) । मकवानपुरमा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा ९५ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाइँले जानकारी दिनुभयो ।

हिजो साँझ आएको रिपोर्टमा कोरोना पुष्टि हुनेमा हेटौंडामा कार्यरत ३७ जना नेपाल प्रहरी, एक जना नेपाली सेना, हेटौंडा उपमहानगरका ५१ जना, मनहरी, मकवानपुरगढी, चितवन र ओखलढुङगाका ५ जना र विवरण स्पष्ट नखुलेको एक जना गरी ९५ जनामा कोरोना पुष्टि भएको चौलागाइँले बताउनुभयो । मकवानपुरमा यो अहिलेसम्मकै उच्च सक्रमण संख्या हो ।

यस्तै पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा एकैदिन ३४ जनामा कोरोना सक्रमण देखिएको छ

हिजो साँझ आएको रिपोर्ट अनुसार सक्रमण हुनेमा नगरपालिकाकाका ६ कर्मचारीसमेत रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा अहिलेसम्म संक्रमितको संख्या ६ सय ४२ पुगेको छ ।