१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बेलारुसकी भिक्टोरिया अजारेन्का यूएस ओपन टेनिसको फाइनलमा


0
Shares

काठमाडौं । बेलारुसकी भिक्टोरिया अजारेन्का यूएस ओपन टेनिसको फाइनलमा पुगेकी छिन ।

आज बिहान अमेरिकाकी सेरेना विलियम्सलाई हराउँदै अजरेन्का उपाधि नजिक पुगेकी हुन् ।

पहिलो सेट ६–१ ले गुमाएकी अजारेन्काले दोस्रो र तेस्रो सेट ६–३ र ६–३ को सेटमा जित्दै उपाधि नजिक पुगेकी हुन् ।

अजारेन्काले ६ पटककी यूएस ओपन विजेता विलियम्सलाई हराउनु आफ्ना लागि ठूलो उपलब्धि भएको बताएकी छिन् ।

उपाधिका लागि अजारेन्काले जापानकी नाओमी ओसाकासँग खेल्ने छिन् । नाओमी आजै बिहान अमेरिकी जेनिफर ब्राडीलाई हराएर फाइनलमा पुगेकी हुन् ।