१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिम प्रदेशमा ५ हजार चार सय ६७ संक्रमितले कोरोना जिते


0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशमा ५ हजार चार सय ६७ संक्रमितले कोरोना जितेका छन् ।

विभिन्न जिल्लामा बनाइएका आइसोलेसनबाट थप ६ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या ५ हजार चार सय ६७ पुगेको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कैलालीका पाँच र कञ्चनपुरका १ जनालाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म सबैभन्दा धेरै कैलालीका एक हजार ५ सय एक निको भएर घर फर्किएका छन् ।

यस्तै डोटीका ९ सय सात, अछामका ८ सय ९३, कञ्चनपुरका ६ सय ७४, बाजुराका ४ सय ४२ जना, बझाङका ३ सय ६४, बैतडीका ३ सय २५, डडेल्धुराका ३ सय १६ र दार्चुलाका ४५ जना संक्रमित निको भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ४ सय ८ पुगेको छ भने १४ जनाको मृत्यु भएको छ ।