
काठमाडौं, भदौ २७ । चिकित्सा शिक्षा आयोगले असोज १ गतेदेखि १५ गतेसम्म स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षा लिने भएको छ ।
आयोगले शनिबार सूचना प्रकाशन गरी असोज १ गतेदेखि असोज १५ गतेसम्म वेबसाइटमार्फत् अनलाइन आवेदन दिनसक्ने जनाएको हो ।
एमडी, एमएस, एमडीएस, आयुर्वेदिक, फार्मेसी, नर्सिङलगायतका विषयमा आवेदन खुला गरिएको छ ।
जेठमा परीक्षा लिने तयारी गरेको आयोगले कोरोनाभाइरसका कारण तीन महिनापछि सूचना निकालेको हो ।
यसअघि, छुट्टा-छुट्टैरुपमा हुँदै आएको परीक्षा यसपटकदेखि भने सबै संस्था, कलेजहरुको एकीकृत प्रवेश परीक्षा लिने निर्णय भएको हो ।
प्रतिक्रिया दिनुहोस्