
फाइल तस्वीर ।
चितवन, भदौ २७ । चितवनमा करेन्ट लागेर शनिबार नेपाली सेनाका दुईजना सैनिकको मृत्यु भएको छ ।
कालिका नगरपालिका–८, शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् ४६ वर्षीय सुवेदार राजुबाबु श्रेष्ठ र गोरखाका २१ वर्षीय जवान साधन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रुखको हाँगा काट्नेक्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।
श्रेष्ठको उपचारकाक्रममा र कुमालको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्