२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


चितवनमा कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो


0
Shares

corona

चितवन, भदौ २७ । चितवनमा कोरोना संक्रमितको संख्या १२ सय ४७ पुगेको छ । शनिबारमात्रै थप ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा रहेको कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणकाक्रममा थप ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा भरतपुर महानगरपालिकाका मात्रै ८२ जना रहेका छन् । त्यस्तै, रत्ननगरका चार, खैरहनी नगरपालिकाका चार र कालिका नगरपालिकाका आठजनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा तीन वर्षदेखि ७२ वर्षसम्मका छन् ।

जिल्लामा संक्रमणमुक्त हुनेको संख्या २९५ जना छ । हालसम्म १६ जना संक्रमितको मुत्यु भएको छ ।